संविधानलाई टेकेरै हाम्रो उद्देश्य पुरा हुन्छ: सीके राउत

संविधानलाई टेकेरै हाम्रो उद्देश्य पुरा हुन्छ: सीके राउत

ram naam satya

सिरहाको मिर्चैयामा आज आयोजित विजय सभालाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसवादी दलको पसल बन्द हुन लागेको बताएका छन्। उनले मधेसवादी दलहरुप्रति लक्षित गर्दै सँधै जनतालाई भ्रममा राख्न नसकिने भन्दै उनीहरुको दुकान बन्द हुने बताएका हुन्।

साे अवसरमा सिके राउतले केही तत्वहरुले आफ्नो दुकान बन्द हुने डरले भ्रम फैलाउन थालेको आरोप लगाए। उनले भने ‘जनतालाई भ्रममा राखेर सँधै मन्त्री बन्न पल्केकाहरु हाम्रो डरले भ्रम फैलाउने काममा लागेका छन्, हामी एक्कासी वार्तामा आएको होइन १० महिनादेखिको गृहकार्यपछि हामी यहाँ आएका हौं, अब संविधानलाई टेकेरै हाम्रो उद्देश्य पुरा हुन्छ।’

राउतले सरकारसँग भएको सम्झौताबारे प्रश्न गर्न मधेसवादी दलका नेताको औकात नभएको बताए। केपी ओलीसँग नभई नेपाल सरकारसँग सम्झौता गरेको भन्दै उनले यसलाई वार्ताभन्दा विजयी हासिल गरेको दावी गरे। मधेसी जनताको अधिकारका लागि आफू ज्यान दिन तयार रहेको पनि बताए।

‘स्वराज फाँसीको फन्दा लगाएर हिँडेका छन्, टाउकोमा कफन लगाएर लडिरहेका छन्।’ मधेसी दल जनताको हत्या गराएर आफू सधैं सत्तामा रमाइरहेको कुरा कसैबाट नलुकेको राउतले बताए। बाेल्ने क्रममा ‘स्वराज’ कुनै भूगोलभित्र नयाँ सीमाना कोर्नु मात्र नभएको बताए। कुनैपनि अखण्ड मुलुकभित्र फेरी एउटा नयाँ सीमाना कोरेर ‘स्वराज’ प्राप्त हुने होइन, यही बसेर दलित, महिला, मधेसीले आफ्नो मुलुक पाउनु नै स्वराज हो, हामी त्यस्तै व्यवस्था भएको मुलुकको परिकल्पना गरिरहेका छौं।’

२०७५ फागुन २४ गते भएको सम्झौतालाई विजयको संज्ञा दिँदै आफ्नो जनमत संग्रहभन्दा माथि गएर सम्झौता गरेको बताए। उनले भने, ‘हामीले जनमतको माग राखेका थियौं तर हामीले ‘जनअभिमत’ प्राप्त गरेका छौं, यसको अर्थ हामी चुनाव अथवा जनताको जनविद्रोहवाट आफूले चाहेको व्यवस्था स्थापना गर्न सक्छौं।’ सिरहा जिल्लाको आयोजनामा भएको सभामा चार हजारभन्दा बढीको उपस्थिति रहेको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *