

संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेस स्थानीय समय फेब्रअरी छबीस तारिख जेनेभामा आयोजित संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्धको सैंतीसौं अधिवेशनमा उपस्थित हुनुभयो। यो अधिवेशनमा आन्टोनिओ गुटेरेसले सिरियाको युद्ध विराम सम्बन्धी सम्झौताको कार्यान्वयन गर्न आह्वान गर्दै मानव अधिकारको संरक्षण तथा त्यसलाई अघि बढाउनु नै भिडन्तको प्रतिरोध गर्ने निर्णायक कुरा रहेको कुरा बताउनुभयो।
संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्धको सैंतीसौं अधिवेशन स्थानीय समय फेब्रअरी छबीस जेनेभामा शुरु भयो। संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका सदस्य मुलुकहरुले फेब्रअरी चौबीस तारिख मत हालेपछि पारित सुरक्षा परिषद्को 2401 नम्बरको निर्णय प्रस्तावको स्वागत आफूले गरेको कुरा बताउनुभयो। यो निर्णय प्रस्तावका अनुसार, तुरुन्तै सिरियामा तीस दिनसम्म मानवतावादी युद्ध विराम गरिनेछ। यसका साथै आन्टोनिओ गुटेरेसले उक्त निर्णय प्रस्तावलाई प्रभावकारी रुपमा लागू गर्नुपर्ने कुरा पनि प्रकट गर्नुभयो।

संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्धको सैंतीसौं अधिवेशन फेब्रअरी छबीस तारिखदेखि मार्च तेइस तारिखसम्म जेनेभामा आयोजना हुँदैछ।
