

रुसको अनुरोधमा राष्ट्र संघीय सुरक्षा परिषदले 22 तारिख सिरिया समस्याबारे आपतकालीन सार्वजनिक बैठकको आयोजना गरेको छ। बैठकमा संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतिनिधि मा चाउ स्युले अन्तर्राष्ट्रिय समाजसँग संयुक्त राष्ट्र संघको मध्यस्थतामा राजनैतिक तरिकाबाट सिरिया समस्याको समाधानलाई तीव्र पारेर मूलतः सिरियाको मानवीय परिस्थितिलाई खुकुलो पार्न आग्रह गर्नुभएको छ।
उहाँका अनुसार, सिरिया जनताको दुःखप्रति चीनलाई अफसोस लाग्नुका साथै हिंसात्मक गतिविधिप्रति निन्दा प्रकट गर्दछ।
त्यसअघि स्वीजल्याण्ड र कुवेतको प्रतिनिधि मण्डलले सुरक्षा परिषदका अरु सदस्य मुलुकसमक्ष एउटा निर्णय मस्यौदा पेश गरेका थिए। मानवीय सहायता र विरामीको स्थानान्तरणको प्रत्याभूति गर्नका लागि उक्त मस्यौदाले सिरियामा तीस दिने युद्ध विरामको लागि आह्वान गरेको छ।
