संयुक्त राष्ट्र संघका महासचिवद्बारा जलवायु परिवर्तनको सामनामा चीनको प्रशंसा

ram naam satya
संयुक्त राष्ट्र संघका महासचिव आन्टिनिओ गुटेरेसले हिजो जनवरी सोह्र तारिख जलवायु परिवर्तनको सामना गर्ने विश्वको गतिबिधिमा निर्वाह गरेको ज्यादै महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुका साथै आगामी दिनहरूमा निरन्तर रुपमा महत्वपूर्ण भूमिका खेल्दै जान चीनलाई प्रेरणा पनि गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

महासचिव गुटेरेसले सन् 2018 मा आयोजित आफ्नो पहिलो पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। जलवायु परिवर्तनको सामना गर्ने विषयमा चीन सरकारले अङ्गिकार गरेको सम्झौता-वार्ता र सहकार्य व्यवस्थाप्रति आफू आशावादी रहेको बताउँदै उहाँले समन्वय गरेर सँयुक्त रुपमा जलवायु परिवर्तन लगायत अनेकन् चुनौति र त्रास-धम्कीको सामना गर्न सारा विश्वका मानिसहरूलाई पनि आह्वान गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *