

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरेसका प्रवक्ता स्टेफोन दूजारिकले हिजो 27 तारिख वक्तव्य सार्वजनिक गर्दै महासचिव गुटेरेसले रुसद्वारा नेतृत्व गरिने सिरियाको राष्ट्रिय वार्ता सम्मेलनमा भाग लिनका लागि प्रतिनिधि पठाउने निर्णय गर्नुभएको छ।
वक्तव्य अनुसार महासचिव गुटेरेसले राष्ट्रसंघका महासचिवका विशेषदूत स्टाफन द मिस्टुराद्वारा पेश गरिएको सिरिया समस्या सम्बन्धी भियना शान्ति वार्ता सम्बन्धित सूचनालाई गंभीरतापूर्वक सुन्नुभएको छ। साथै रुसले सिरिया राष्ट्रिय वार्ता सम्मेलनबाट प्राप्त उपलब्धि संयुक्त राष्ट्रसंघको नेतृत्वमा रहेको सिरियाली समस्या जेनेभा शान्ति वार्ता प्रक्रियाको एक भाग बन्ने सार्वजनिक गरेको छ। त्यसैले महासचिव गुटेरेसले रुसको निमन्त्रणा स्वीकार्दै उक्त निर्णय गर्नुभएको हो।
यसका अतिरिक्त महासचिव गुटेरेसले यस सिरिया राष्ट्रिय वार्ता सम्मेलनले संयुक्त राष्ट्र संघको नेतृत्वमा रहेको जेनेभा शान्ति वार्ताका लागि महत्वपूर्ण योगदान सिर्जना गर्ने विश्वास गर्नुभएको छ।

