संघीय संसद् अधिवेशन तयारीबारे सर्वदलीय बैठक

संघीय संसद् अधिवेशन तयारीबारे सर्वदलीय बैठक

ram naam satya

फागुन २१ गते बस्ने नेपालको संघीय संसद् अधिवेशनको तयारीबारे जानकारी दिन संसद् सचिवालयले आज बुधबार सर्वदलीय बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने ५ दलका नेताहरूलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले संसद् अधिवेशन, सांसदहरूको शपथग्रहण र अन्तरिम कार्यविधिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको जानकारी दिनुभयो। सचिवालयले फागुन २० गते सांसदको शपथग्रहण राखेको छ। ‘दलका प्रतिनिधिहरूलाई तयारीबारे जानकारी गराउन लागेका हौं’, उहाँले भन्नुभयो।

सचिवालयले सांसदको परिचयपत्र, दलका कार्यालयमा रंगरोगन, कर्मचारी र कुर्सी व्यवस्थापनलगायत काम पनि गरिररहेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक सहजत बनाउन अन्तरिम कार्यविधि र नियमावली पनि तयार पारेको छ। नयाँ नियमावली तयार नभएसम्म सचिवालयले बनाएको अन्तरिम कार्यविधि र नियमावलीअनुसार दुवै सदनका बैठक सञ्चालन हुने छन्।

फागुन २० गते शपथका लागि सचिवालयले शपथको ढाँचा तयार पारिसकेको छ। केही सांसदले मातृभाषामा शपथ गर्ने सूचना सचिवालयलाई दिएका छन्। सबै भाषामा शपथको ढाँचा बनाउन नसकिएको भन्दै सचिवालयले जसले जुन भाषामा शपथ लिने हो, त्यही भाषामा शपथको ढाँचा बनाएर आउन सांसदलाई सूचित गरेको छ।

सचिवालयका अनुसार राजपाका अनिल झाले हिन्दी, प्रदीप यादवले भोजपुरी, मोहम्मद इस्तियाक राईले अवधी, हरिनारायणप्रसाद रौनियारले भोजपुरी र एमालेका सांसदद्वय शान्ता चौधरी र गंगा चौधरी सत्गौवाले थारुमा शपथ लिने सूचना सचिवालयलाई दिनु भएको छ। सचिवालयले मातृभाषामा शपथ लिन चाहने सांसदलाई फागुन १७ गतेसम्म सूचना दिने समय तोकेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *