श ह च विश्वविद्यालयका प्राध्यापक छाउ लेन भुको कथा

ram naam satya

उहाँको नाम छाउ लेन भु हो। छाउ लेन भु सिन्च्याङको श ह च विश्वविद्यालयअन्तर्गत कृषि विभागका प्राध्यापक एवम् गहूँ विशेषज्ञ हुनुहुन्छ। हाल उहाँ असी वर्ष पुग्नुभयो। उहाँले अध्यक्षता गर्नुभएको वैज्ञानिक अनुसन्धान टोलीले सिन्च्याङमा रोप्न अनुकूल हुने नयाँ प्रकारका गहूँ सफलताका साथ विकास गरेको छ। अनुमानअनुसार, ती विकसित गहूँलाई सिन्च्याङमा व्यापक रुपमा रोपिएपछि सिन्च्याङलाई पचास करोड चिनियाँ युआनभन्दा बढीको आर्थिक फाइदा पुर्‍याउनसकिने छ।

सन् १९६० मा छाउ लेन भु पैचिङ कृषि विश्वविद्यालयबाट स्नातक भएपछि उहाँले रोजगार गर्न सिन्च्याङ जान निवेदन दिनुभएको थियो। सन् १९६३ मा उहाँ करीब एक साता लामो यात्रापछि पैचिङबाट हालको श ह च विश्वविद्यालय पुग्नुभएको थियो। उहाँले त्यहाँ शिक्षण पेशा अपनाउनुभयो। उहाँले भन्नुभयो “करीब पाँच दिनमा म ऊरुमुछी पुगेँ। ऊरुमुछी आएपछि लगभग तीस जना अट्ने एक ट्रकद्वारा सातौ वा आठौं दिनमा यस कृषि विश्वविद्यालय आइपुगेकाथ्यौं।”

प्राध्यापक छाउले ती वर्षहरूमा शिक्षकले प्रशिक्षणका साथै श्रम गरेको पनि सम्झनुभयो। शिक्षकले विद्यार्थीसँग मिलेर खेतीपातीमा सघाएका थिए। प्राध्यापक छाउले भन्नुभयो “हामीले बिहान र मध्यान्हको खाना खेतमा नै बसेर खाएका थियौं। साँझ खेतीपातीबाट फर्कँदा आकाश कालो भइसकेको हुन्थ्यो। हामीले दिनभरि खेतमा काम गर्थ्यौं। एकदिनमा तेह्र चौध घण्टा काम गर्थ्यौं।”

छाउ लेन भुले गहूँको वैज्ञानिक अनुसन्धान गरिरहेको छ। उहाँले आफ्नो टोलीसँग धेरै कठिनाइको सामना गरी असीको दशकको मध्य कालमा गहूँको पहिलो प्रकार अर्थात् श छुन एक नम्बर विकास गर्नुभयो। त्यसपछि उहाँले अनुसन्धान टोलीको नेतृत्व गरी बीस वटाभन्दा बढी प्रकारको गहूँ विकास गर्नुभयो। कृषि विभागका सहकर्मीले प्राध्यापक छाउको उपलब्धि वैज्ञानिक अनुसन्धानमा मात्र नभई वरिष्ठ व्यक्ति हुर्काउने क्षेत्रमा पनि प्रशस्त अनुभव रहेको बताउँछन्। श ह च विश्वविद्यालयअन्तर्गत कृषि विभागका अधिकारी लिउ व्हाई फङले भन्नुभयो “हाल उहाँको टोलीका सदस्यहरू आधारभूत रुपमा प्राध्यापक छाउले हुर्काएका हुन्। टोली कसरी गठन गर्ने, उच्च गुणस्तरको टोली र वरिष्ठ व्यक्तिलाई कसरी आकर्षित गर्ने भन्ने क्षेत्रमा प्राध्यापक छाउको विचारको ठूलो योगदान छ। चीनको पश्चिम-उत्तरी क्षेत्र, सीमावर्ती क्षेत्रमा वरिष्ठ व्यक्ति हुर्काउनका लागि एक बाटोको अन्वेषण गरेको छ।”

श ह च विश्वविद्यालयअन्तर्गत कृषि विभागका प्राध्यापक ख्वङ क्वाङ छाउ प्राध्यापकका उत्कृष्ट विद्यार्थी हुनुहुन्छ। उहाँ च च्याङ विश्वविद्यालयबाट डाक्टर हुनु भएपछि श ह च विश्वविद्यालयअन्तर्गत कृषि विभाग फर्कनुभयो। उहाँले प्राध्यापक छाउको टोलीका एक सदस्यको हैसियतमा वैज्ञानिक अनुसन्धान कार्य गर्ने निर्णय गर्नुभयो। ख्वङ क्वाङ छाउले भन्नुभयो “प्राध्यापक छाउ यति धेरै क्षेत्रहरूमा उत्कृष्ट हुनुहुन्छ। हाम्रो टोलीले बीस वटा प्रकारको गहूँको विकास गरेको छ। यो ठूलो प्रभाव हो। अर्को तिर, प्राध्यापक छाउले यति धेरै वरिष्ठ व्यक्तिहरू हुर्काउनुभयो।”

हाल प्राध्यापक छाउ असी वर्ष पुग्नुभयो। उहाँको प्रभावमा कृषि विभागबाट स्नातक भएका विद्यार्थीहरूले सिन्च्याङमा रोजगारी गर्ने बाटो छनौट गरेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *