

श्रीलंकाका लागि चीनको दूतावासले अप्रिल तीस तारिख सार्वजनिक गरेको खबर अनुसार, अप्रिल एकाइस तारिख श्रीलंकामा भएको बम प्रहारबाट ६ जना चिनियाँको मृत्यु भएका छ भने अरु पाँच जना चिनियाँ घाइते भएका छन्।
अप्रिल एकाइस तारिख श्रीलंकाका धेरै क्षेत्रमा बम प्रहार भएका थिए जसबाट दुई सय पचासभन्दा बढीले ज्यान गुमाएका छन् भने पाँच सयभन्दा बढी घाइते भएका छन्। त्यसपछि श्रीलंकाका लागि चिनियाँ दूतावासले आकस्मिक कार्यक्रम संचालन गरेको थियो। पच्चीस तारिख दूतावासले दुई जना चिनियाँको मृत्यु भएको र थप चार जना चिनियाँको मृत्यु भएको आशंका मात्रै गरेको थियो।

विभिन्न पक्षको संयुक्त प्रयासमा हाल मृतकको परिचय निश्चित भएको छन् र अरु सबै घाइते चिनियाँले चीन फर्केर थप उपचार लिइसकेका छन्।

