

श्रीलंका लगानी समितिद्बारा हिजो जनवरी 29 तारिख प्रकाशित तथ्याङ्क अनुसार, सन् 2017 मा श्रीलंकाले एक अर्ब 63 करोड अमेरिकी डलरको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको छ। जसले ऐतिहासित रेकर्डको सिर्जना गरेको छ। श्रीलंकामा भित्रिएको यो लगानीमध्ये 35 प्रतिशत चिनियाँ लगानी रहेको छ। गत साल श्रीलंकाका लागि चीन सबैभन्दा ठूलो लगानी गर्ने देश बनेको छ।
तथ्याङ्क हेर्दा पर्यटन, सूचना प्रविधि लगायत व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी वृद्धि हुँदै गएको देखिन्छ।
भविष्यमा श्रीलंका सरकारले सुधारलाई तिब्रता दिनुका साथै नयाँ कर कानून तथा विदेशी मुद्रा कानूनद्बारा विदेशी लगानीलाई अझ मैत्रीपूर्ण र सुविधाजनक वातावरण तयार गर्ने श्रीलंका विकास रणनीति तथा अन्तर्राष्ट्रिय व्यपार मन्त्री मालिक सामाराविक्रेमाले बताउनुभएको छ।
