श्रीलंकामा युननान विश्वविद्यालयहरूको प्रदर्शनी

ram naam satya

चीनको युननान प्रान्तीय विश्वविद्यालयहरूको प्रदर्शनी तथा प्रवर्द्धन कार्यक्रम हिजो फेब्रुअरी ३ तारिख श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना भएको छ। युननान प्रान्त तथा श्रीलंकाका विश्वविद्यालय बीचको आदानप्रदान तथा सहयोगलाई बढाउन सो प्रदर्शनीको आयोजना गरिएको हो।

सो प्रदर्शनीको अवधिमा चिनियाँ तथा श्रीलंकाका ३० वटा विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूका प्रतिनिधिहरूले उच्च शिक्षा सम्बन्धि आदानप्रदान तथा सहयोग मञ्चमा भाग लिई आपसी शैक्षिक आदानप्रदान प्रबर्द्धनका उपाय र तरिका बारे छलफल गरेका छन्।

सोही कार्यक्रममा दुई देशका विश्वविद्यालयहरू बीच सहयोगात्मक सम्झौता पनि सम्पन्न भएको समाचारमा जनाइएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *