शुक्रबारदेखि काठमाडौँमा पर्यटन ‘मार्ट’

ram naam satya
नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा आज शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना सुरु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

 

गन्तव्य नेपाल ग्रुपअन्तर्गत गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलोपटक भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गर्न लागेको दुईदिने पर्यटन मेलामा देशका सात वटै प्रदेशका पर्यटकीय गतिविधि प्रस्तुत गरिने गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले बताउनु भयो।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यले ‘पहिला देश अनि विदेश’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो पर्यटन मेलामा पर्यटन सेवा प्रदायक ट्रेकिङ, ट्राभल, एयरलाइन्स, काठमाडौँ तथा मोफसलका होटल, होमस्टे, रिसोर्ट, पर्यटक यातायात, हस्तकलाका सामग्री, जिपफ्लायर, प्याराग्लाइडिङ, पर्यटन शैक्षिक कलेज, नयाँ पर्यटकीय गतिविधि, केबलकार, सूचना प्रविधि, सातै प्रदेशको विभिन्न खाद्य परिकारयुक्त फुड स्टलहरुका साथै साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताइएको छ।

यस मेलाको करीब दुई लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ। यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य देशभित्र लुकेर रहेका पर्यटकीय गतिविधिहरुलाई उजागर गर्दै पर्यटन प्रवद्र्धनलाई सशक्त बनाउनु रहेको र यसले पर्यटन क्षेत्रमा जागरण सिर्जना गर्ने अध्यक्ष अधिकारीले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *