शालीनदीमा व्रतालुको परदेश यात्रा

ram naam satya
साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा शुरु गरेका छन्। माघ कृष्ण त्रयोदशी अर्थात् पुस ३० गते शालीनदीबाट–बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गरेर परदेश यात्रा शुरु भएको थियो। माघकृष्ण चतुर्दशीका दिन माघ १ गते व्रतालु साँखुबाट हिँडेरै बज्रयोगिनी र पशुपतिको दर्शन गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

मंगलबार पशुपतिबाट फर्पिङ बास बसेका व्रतालु आज साँखु फर्कने छन्। माघ ६ गते शनिबार साँखुबाट पनौती बास बस्न जाने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष राजभाइ श्रेष्ठले राससलाई जानकारी दिनुभयो। माघ ७ गते आइतबार पनौतीबाट साँखु बास बस्ने गरी व्रतालु फर्कनेछन्।

व्रतालुले माघ ८ गते सोमबार श्रीपञ्चमी पर्व मनाउने छन्। माघ १० गते मंगलबार लगला सप्तमी पर्व मनाएर माघ १२ गते शुक्रबार द्रोण नवमीका दिन व्रतालुलाई खीर (तस्मी) खुवाइन्छ।

द्रोण नवमीको भोलिपल्ट साँखुबाट चाँगुनारायणमा बास बस्ने गरी परदेश यात्रा गर्ने माधवनारायण व्रत विधि छ। माघ १४ गते चाँगुनारायणबाट साँखुमा बास बस्न फर्कने तयारी भएको छ।

माघ १६ गते मंगलवार देव निमन्त्रणा गरी माघ १७ गते बुधबार अश्वमेध यज्ञ अर्थात् व्रत साङ्गे गरिन्छ। माघ १८ गते बिहीबार व्रतालुले माघ गाउने (मिगा पूजा) गरिन्छ। व्रतालुले शिवरात्रिका दिन जाग्राम बस्नुपर्ने नियम रहेको समितिले जनाएको छ।

परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ। यसरी हिँडेर यात्रा गर्दा माधवनारायणको मन्त्र जप गर्छन्। यस वर्ष महिला पुरुष गरी १९७ जनाले माधवनारायणको एक महिने कडोर व्रत गरेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *