शाङ्गहाई सहयोग संगठनको शिखर सम्मेलन आगामी जुनमा

ram naam satya

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले आज फेब्रुअरी चौध तारिख पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएअनुसार चीनले आउने जुन महिनामा छिङ्ग ताउ शहरमा शाङ्गहाई सहयोग संगठन शिखर सम्मेलनको आयोजना गर्ने छ। रुस शाङ्गहाई सहयोग संगठनको एक महत्वपूर्ण सदस्य मुलुक रहेको र चीनले रुसका नयाँ राष्ट्रपतिद्वारा सो शिखर सम्मेलनमा भाग लिनुहुने प्रवक्ता कङले बताउनु भएको छ।
रुसी सञ्चार माध्यमबाट थाहा भएअनुसार यही जुन महिनामा रुसका नयाँ राष्ट्रपतिले शाङ्गहाई सहयोग संगठनमा भाग लिने अनुमान गरिएको छ। साथै नयाँ राष्ट्रपतिले चीनको भ्रमण गर्नुहुने सम्भावना छ। यसप्रति प्रवक्ता कङ्गले आज आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले उक्त सम्मेलनका लागि सदस्य मुलुकहरुसँग घनिष्ट सम्पर्क राखिरहेको बताउनु भएकोछ। चीन र रुसका नेताहरुबीच नियमित वार्षिक भ्रमण आदि चलन रहेको छ। यो वर्षमा यी दुबै मुलुकका नेताहरुले निरन्तर घनिष्ट आदानप्रदान कायम राख्दै चीन र रुसबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई उच्च स्तरीय विकास गर्न निर्देशन गर्दै जाने छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *