

(GMT+08:00) 2017-11-30 15:15:44
शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकको पन्ध्रौँ महान्यायाधिवक्ता सम्मेलन नोभेम्बर उन्नतीस तारिख रुसी सेन्टपिटर्सवर्गमा सम्पन्न भएको सिन्ह्वा समाचार समितिले जनाएको छ। चीनका प्रथम सरकार वकिल एवम् सर्वोच्च जन न्यायाधिवक्ताका महान्यायाधिवक्ता छाउ चन मिङले सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्नुबाहेक अन्य मुलुकका महान्यायाधिवक्तासँग मैत्रीपूर्ण भेटवार्ता र वैचारिक आदान-प्रदान गर्नुभएको छ।महान्यायाधिवक्ता छाउका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनमा शान्तिपूर्ण विकासको बाटोलाई कायम राख्दै जाने र मानव जातिको भाग्यको एकरुपताको स्थापनालाई अघि बढाउँदै जाने कुरामा जोड दिनुभएको थियो।
महान्यायाधिवक्ता छाउले शाङ्गहाई सहयोग संगठनका विभिन्न सदस्य मुलुकका महान्यायाधिवक्ताहरूसँगै समापन समारोहमा शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकको पन्ध्रौँ महान्यायाधिवक्ता सम्मेलनको मुख्य विषयमा हस्ताक्षर गर्नुभएको छ।
