

स्थानीय समय अनुसार, डिसेम्बर १ तारिख दिउँसो चीनका प्रधानमन्त्री ली ख छ्याङले रूसको सोचीमा आयोजित शाङहाइ सहयोग संगठन सदस्य मुलुकका सरकारी राष्ट्रनायक(प्रधानमन्त्री) बोर्डको १६ सौं सम्मेलनमा भाग लिनुभएको छ। रूसी प्रधानमन्त्री दमित्री मेदभेदेभ, कजाकिस्तानी प्रधानमन्त्री बाकीछान गिन्रताएभ, किर्गिजस्तानी प्रधानमन्त्री, ताजिकिस्तानका प्रधानमन्त्री कोघिर रासुल्जोदा, उज्वेकिस्तानी प्रधानमन्त्री अब्दुला आरिपोभ, पाकिस्तानी प्रधानमन्त्री शाहिद अब्बास तथा भारतीय सरकारी प्रतिनिधिहरूले पनि सो सम्मेलनमा भाग लिएका छन्।
चीनका प्रधानमन्त्री लीले विभिन्न सदस्य मुलुकहरूसँगै एकताबद्ध आपसी विश्वास बढाउँदै वस्तुगत सहयोगलाइ गहन पारेर क्षेत्रीय र देशको साझा भाग्य समूहको निर्माण गर्नको लागि ६ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

प्रधानमन्त्री ली र अन्य सदस्य मुलुकका नेतागणले संयुक्त विज्ञप्तिमा सही गर्दै शाङहाइ सहयोग संगठनको आर्थिक, व्यापारिक, सुरक्षा लगायत बहु सहयोग सम्झौता तथा निर्णय-प्रस्ताव पनि अनुमोदित गर्नुभएको छ।
