

शाङहाइमा आधुनिक सेवारत उद्योगको प्रधानतामा रणनैतिक नव उदीयमान उद्योगको नेतृत्वमा नवोदित उद्योगको समर्थन दिइने आधुनिक उद्योग प्रणालीको स्थापना गरिँदै छ। शाङहाइका मेयर यीङ योङले १० तारिख उक्त जानकारी दिनुभएको हो।
मेयर यीङका अनुसार, शाङहाइको सबैभन्दा ठूलो श्रेष्ठता खुलापन हो र सबैभन्दा ठूलो स्रोत दक्ष जनशक्ति हो। शाङहाइले आफ्नो श्रेष्ठता तथा स्रोतको आधारमा आधुनिक उद्योग प्रणालीको स्थापना गर्दै जाने छ।





