शाक्यमुनी बुद्धको क्रीडास्थल तथा शुद्धोधनको राजदरबार उत्खनन

ram naam satya
बुद्धको क्रीडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न पुनः उत्खनन सुरु गरिएको छ। अत्याधुनिक उपकरण प्रयोग गरी पुरातात्िवक मूल्य-मान्यताअनुसार उत्खनन सुरु गरिएको हो। चौथो पटक सुरु गरिएको उत्खनन टोलीमा बेलायतको दुर्हम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषका विज्ञ एवं राष्ट्रिय-अन्तर्राष्ट्रिय पुरातत्वविद् संलग्न रहेको अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।

उत्खननबाट टोलीले तिलौराकोटको प्राचीन सहरको महत्वपूर्ण भाग फेला पार्ने पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरको विश्वास छ। टोलीले तिलौराकोट र अन्य बुद्धस्थलको यसअघि नै उत्खनन गर्दै आएको छ। अहिलेका विज्ञ टोलीले ५५ दिन लगाएर उत्खनन गर्ने अधिकृत कुँवरले जनाउनुभयो। उहाँका अनुसार तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्सको दुई स्थान र समयमाई मन्दिरको किनारमा उत्खनन गरिनेछ।

यसअघि तिलौराकोट दरबारभित्र मध्यभाग, पोखरीको दक्षिण भाग र निग्रोधराम कुदानमा पनि उत्खनन गरिएको थियो। पुरातत्व विभाग र लुम्बिनी विकास कोषले सन २०१४ देखि उत्खनन र अनुसन्धान गर्दै आएको छ। यसपटक तिलौराकोट क्षेत्रको उत्खननसँगै केही महत्वपूर्ण बुद्धस्थलमा अध्ययन अन्वेषण गरिने भएको छ। तिलौराकोट नजिकका चेत्रादेइ, सगरहवा, कर्मा, अरौराकोट, गोटिहवा, निग्लिहवा, सिसहनिँया, नवलपरासीको रामग्राममा अन्वेषण गरिने भएको छ।

अन्वेषणमा भूभौतिक सर्वे (मेसिन), फिल्ड सर्वे, भिजिटर सर्वेलगायत उपकरण प्रयोग गरिनेछ। ती स्थानमा रिक्स म्यापिङ, टोटल स्टेसन, अन्डरलाइनिङको काम गरिने भएको हो।

यस वर्ष जापानिज नागरिक कासाईको सहयोगमा उत्खनन गर्न लागिएको हो। अहिलेसम्मको अध्ययनले तिलौराकोटको पहिचान स्थापित गराउन धेरै मद्दत मिलेको पुरातत्वविद् तथा उत्खनन परियोजनाका सहसंयोजक कोषप्रसाद आचार्यले बताउनुभयो।

उत्खननबाट तिलौराकोटको प्राचीनकाल क्रमशः पत्ता लाग्ने र भित्र प्रवेश गर्नासाथ प्राचीन सहरको ऐतिहासिक रुपरंग देख्न सकिने विश्वास लिइएको छ। उत्खनन टोलीमा दुर्हम विश्वविद्यालयका १२ जना विज्ञसहित पुरातत्वविद् गरी २० जना छन्। त्रिभुवन विश्वविद्यालय स्नातकोत्तरमा कल्चर विषय अध्ययनरत विद्यार्थी र लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीसमेत सहभागी छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *