शक्तिशाली विनिर्माण मुलुकको निर्माणका लागि प्रयास:चिनियाँ प्रधानमन्त्री

ram naam satya
(GMT+08:00) 2017-11-24 16:38:10

        चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका स्थायी सदस्य एवं राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ्गले यही नोभेम्बर 21 तारिख चोङ्ग नान हाइ राष्ट्रिय अतिथि भवनमा विश्व कौशल प्रतियोगितामा वरिष्ठ उपलब्धि पाएका चिनियाँ प्रतिनिधिहरुसँग भेटवार्ता गर्नुभएको छ।

यस वर्षको अक्टोबरमा संयुक्त अरब इमिरेटको अबुधाबीमा आयोजना भएको 44औँ विश्व कौशल प्रतियोगितामा 52 जना चिनियाँ प्रतिनिधिहरुले ढुवानी तथा रसद, संरचना र निर्माण प्रविधि,विनिर्माण र ईन्जिनियरिङ् टेक्नोलोजी लगायत छ ठूला किसिमका 47 वटा प्रतियोगितामा 15 स्वर्णपदक, 7 रजतपदक,8 काँस्यपदक र सबैभन्दा उच्च सामूहिक कूल स्कोरको उपलब्धि पाएका छन्। प्रधानमन्त्री लीले ती प्रतिनिधिहरुसँग भेटवार्ता गर्दै चीनको विनिर्माण र सेवालाई मध्य-उच्च स्तरमा उकास्नुका साथै उच्च गुणस्तरको अर्थतन्त्रको विकासलाई साकार तुल्याउनेमा नयाँ पुस्ता युवा प्राविधिक योग्य व्यक्तिसँग महत्वपूर्ण कार्यभार रहेको विचार व्यक्त गर्नुभएको छ।

हाल चीनमा प्राविधिक योग्य व्यक्तिको संख्या सोह्र करोड पचास लाख पुगेको छ। तापनि ती योग्य व्यक्तिको गुणस्तर,परिमाण र संरचना उच्च स्तरतर्फ विकसित भैरहेको आर्थिक समाजको मागसित अनुकूल हुँदैन। यसप्रति प्रधानमन्त्री लीले सुधारलाई गहन पार्दै नीतिलाई पूर्णता दिलाउनु,क्षमताको निर्माणलाई तिब्रता बनाउँदै शक्तिशाली प्राविधिक योग्य व्यक्ति हुर्काउनुपर्ने व्यक्त गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *