

हाल अमेरिका सरकारी अधिकारीले स्वतन्त्र व्यापारबारे चीनको भनाइ र गराइ फरक भएको भन्दै निन्दा गरेका छन्। त्यसको प्रतिकृयामा चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सबैभन्दा पहिले व्यापार संरक्षणवादको टोपी जहिले पनि चीनको टाउकोमा लगाउन नपाइने भन्दै हाल कस्ले व्यापार संरक्षणवाद हुर्काउँदैछ, कस्ले आफ्नो इच्छा आधारित अन्तर्राष्ट्रिय नियम मात्रै प्रयोग गर्दैछ र कस्ले आफ्नो फाइदा मात्रै प्राथमिकतामा राख्दैछ र बेफाइदा अरु देशमा फाल्दैछ भन्ने कुरा विश्वका जनताले बुझिसकेको विचार व्यक्त गर्नुभयो।
प्रवक्ता ह्वाले चीनको विकास विश्वको मौका हो भन्दै जति छिटो सो वास्तवितालाई सही ढंगले हेरिन्छ त्यति छिटै चीनको द्रूत गतिको विकासबाट फाइदा पाउन सकिन्छ भन्नुभयो। चीनले आफ्नो विकासको रफ्तारमा सामेल हुन सबैलाई स्वागत गर्ने साथै आफ्नो वैधानिक अधिकारको पनि कडा संरक्षण गर्ने पनि प्रवक्ता ह्वाले दोहोर्याउनुभयो।
