व्यापक युवाहरूलाई जातीय पुनरूत्थानका लागि सीको आह्वान

ram naam satya

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोमा अप्रिल १९ तारिख दिउँसो मै ४ आन्दोलनको ऐतिहासिक अर्थ तथा युगको मूल्य सम्बन्धमा सामूहिक प्रशिक्षण गरिएको छ। पार्टीका महासचिव सी चिनफिङले सो प्रशिक्षणको अध्यक्षता गर्दै सम्बोधन गर्नुभयो।

सम्बोधनमा सीले भन्नुभयोः १०० वर्षअघि भएको मै ४ आन्दोलन चीनको इतिहासमा अग्रसर युवा बुद्धिजीवीहरूले शुरू गरेको र व्यापक सर्वसाधारणको सहभागितामा भएको साम्राज्यवाद तथा सामन्तवाद विरोधी देशप्रेमी क्रान्तिकारी आन्दोलन थियो। आज हामीले सो आन्दोलनको स्मरण गर्दै सम्पन्न समाजको सर्वाङगीण निर्माण र नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजबादी विजयी तथा चिनियाँ राष्ट्रको भव्य पुनरूत्थानको कार्यान्वयन भन्ने चिनियाँ सपनाको लागि कोशिश गर्नुपर्छ।

सन् १९४९ को डिसेम्बरमा जनगणतन्त्र चीनको राज्य मामिला परिषद स्थापना भएपछि मै ४ लाई चीनमा युवा दिवस तोकिएको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *