वीरले सुरुगर्‍यो ‘टेलीमेडिसिन सेवा’

वीरले सुरुगर्‍यो ‘टेलीमेडिसिन सेवा’

ram naam satya
नेपालको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सम्पूर्ण पूर्वाधारसहितको टेलीमेडिसिन सेवा सुरु गरेको छ। वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले राजधानीबाहिरका चिकित्सकसँग सम्पर्क गरी बिरामीको उपचार सेवा सहज बनाउन अहिले पूर्वाभ्यास सेवा सुरु गरिएको बताउनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

उहाँले पूर्वाधार जडान गरी पूर्वाभ्यास गरिरहेकोले छिट्टै नियमित सेवा शुरु गरिने पनि बताउनुभयो। अस्पतालाई अमेरिका नेपाल मेडिकल फाउण्डेशनले रु १२ लाख बराबरको टेलीमेडिसिनको उपकरण सहयोग गरेको हो। अस्पतालले टेलीमेडिसिन सेवालाई दुर्गम क्षेत्रमा पनि विस्तार गरी त्यहाँका जनतालाई स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। टेलीमेडिसिनले उपचारमा आएको जटिलताबारे केन्द्र र मोफसलका चिकित्सकबीच सम्पर्क, समन्वय हुनसकेमा धेरै बिरामीको अकालमै हुने मृत्यु रोक्न सम्भव हुने अस्पतालको विश्वास छ।

यसैबीच स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रले पटकपटक जानकारी गराउँदा पनि सूर्य टोबाको कम्पनीले नियम पालना नगरेपछि सहयोगका लागि उद्योग मन्त्रालयलाई आग्रह गरेको छ। केन्द्रले बुधबार उद्योग मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ ‘सूर्य टोबाको कम्पनीले पूर्णरुपमा ऐन तथा निर्देशिका कार्यान्वयन नगरेको व्यहोरा बजार अनुगमन तथा विभिन्न सञ्चार माध्यमबाट बुझिन आएकाले निर्देशिका बमोजिम ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रंगीन चित्र छाप्न तथा अंकित गर्न लगाई कानुन कार्यान्वयनमा सहयोग गरिदिनुहुन अनुरोध छ।’

राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले उद्योगहरू उद्योग मन्त्रालयअन्तर्गत रहने भएकाले केन्द्रले सूर्य टोबाको कम्पनीले कानुनविपरीत काम गरेको जानकारीसहितको पत्र पठाएको जानकारी दिनुभयो।

सरकारले सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र अङ्कित गर्नुपर्ने बाध्यकारी कानुन कार्यान्वयनमा ल्याएको छ। तर उक्त नियमवारे सूर्य टोबालाई पटकपटक जानकारी गराउँदा पनि ७५ प्रतिशत भागमा मात्र चेतावनीमूलक सन्देश छाप्दै आइरहेको छ।

स्वास्थ्य मन्त्रालयले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ लाई कार्यान्वयन गर्न २०७२ जेठ १ देखि निर्देशिका बनाई कार्यान्वयनमा समेत ल्याइसकेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *