विश्व सीमसार क्षेत्र जगदीशपुर ताल पहुना चराले भरिभराउ

ram naam satya
(GMT+08:00) 2017-12-10 14:18:51
      विश्व सीमसार क्षेत्र जगदीशपुर ताल पाहुना चराले भरिन थालेको छ। अहिले कपिलवस्तुको यो तालमा हिउँदे प्रजातिका रुख सुडसुडिया, चिमचिमे र जल रंक चराचुरुंगी आएका छन्। असोज अन्तिमदेखि फाटफुट्ट आउन थालेका चराले ताल भरिन थालेको छ। तालमा अहिले ३ हजार ५ सय बढी चरा आईसकेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनुभयो। तालमा उत्तर तिरबाट दैनिक जसो सय देखि २ सय बढी पाहुना चरा आउने गरेको स्थानीय यमलाल उपाध्यायले बताउनुभयो।      तालमा सबैभन्दा बढी मरुल चरा आएका छन्। त्यस्तै खडखडे, सिलसिले हाँस, कालीजरे हाँस र मालक हाँस आएका छन्। यी चराको संख्या ३ सयदेखि ५ सय सम्म रहेको छ। सुईरोपुच्छ्रे चरा, बेल्चाठुडे हाँस, सिन्दुरे हाँस र कैलो टाउके हाँस पनि आएका छन् । यी चरा पनि ५ सयको संख्यामा रहेका छन् । महत्वपुर्ण त विश्वमै दुर्लभ हरि हाँस तालमा प्रसस्त देखिएका छन् । उक्त चरा पश्चिमको घोडाघोडी ताल पछि सबैभन्दा धेरै २ सय ५० को संख्यामा यहाँ देखिएको हो। डा. बरालले अवलोकनका क्रममा उक्त संख्यामा चरा देखेको बताउनुभयो। राम्रो कुरा त कम देखिन थालेको हरि हाँस एकै ठाउमा ठूलो संख्यामा देखिनु खुसीको कुरा भएको बताए।तालमा ३० प्रजातिका चरा आएका छन्।

यहाँ साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका देशबाट यहाँ चराहरु आउने गरेको वरिष्ठ चराविद् डा. बरालले बताउनुभयो। ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने ईकान्तिपुर अनलाइनले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *