

विश्व व्यापार संगठनका महाप्रबन्धक रोबर्टो आजेभेदोले विभिन्न सदस्यले विश्वभरि व्यापारमा आउनसक्ने जोखिमको प्रतिरोध गर्न तयारी गर्नुपर्ने बताउनुभएको छ।
पाँच तारिख विश्व व्यापार संगठनको पूर्ण बैठकमा महाप्रबन्धक आजेभेदोले उक्त कुरा बताउनुभएको हो। उहाँले वर्तमान अवस्थाबारे दत्तचित भएर सोच्न विभिन्न सदस्यलाई आह्वान गर्नुका साथै व्यापार संरक्षणको बाटोमा हिँडेमा त्यसलाई पुनः फर्काउन निकै गाह्रो हुने उल्लेख गर्नुभयो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक तारिख घोषणा गर्दै यस हप्तामै ठोस कदम चालेर आयातित इस्पातमा अरु पच्चीस प्रतिशत कर, आयातित एल्युमियम उत्पादनहरुलाई अरु दश प्रतिशत कर लगाउने र सो कर दर निकै लामो समयसम्म चल्ने बताउनुभएको थियो। अमेरिकी सरकारको उक्त पछिल्लो व्यापार संरक्षणवादको कदमले धेरैतिरबाट विरोधको सामना गर्नुपरेको छ।
