विश्व इन्टरनेट सम्मेलनद्वारा निलो पत्र सार्वजनिक

ram naam satya
(GMT+08:00) 2017-12-05 16:04:59

हिजो डिसेम्बर ४ तारिख चौथो विश्व इन्टरनेट सम्मेलनले पहिलो पटक “विश्वमा इन्टरनेटको विकास सम्बन्धी प्रतिबेदन २०१७”तथा “चीनमा इन्टरनेटको विकास सम्बन्धी प्रतिबेदन २०१७”सार्वजनिक गरेको छ। यी दुई वटा प्रतिबेदनमा विश्वको इन्टरनेटको विकासको प्रवृति तथा चीनमा इन्टरनेटको विकास सम्बन्धी उपलव्धिबारे चौतर्फी रुपमा प्रष्ट्याइएको छ। यी दुईवटा प्रतिबेदनमा विश्वमा इन्टरनेटको विकास सम्बन्धी सूचि पनि पहिलो पटक राखिएको छ। यस सूचिले विश्वमा ३८ वटा मुलुक तथा नवोदित आर्थिक समूदायको इन्टरनेटको स्तरलाई विभिन्न स्थानमा राखेको छ।

“विश्वमा इन्टरनेटको विकास सम्बन्धी प्रतिबेदन २०१७”नामक निलो पत्रले विश्वमा इन्टरनेटको विकास सम्बन्धी सूचिमा खास गरी ३८ वटा मुलुक समावेश गरेको छ। ती ३८ वटा मुलुक विश्वका पाँच वटा महाद्वीपका मुख्य आर्थिक समुदाय तथा इन्टरनेटको विकास तुलनात्मक रुपमा उनान्तिशील रहेका मुलुक हुन्। जसले वर्तमान विभिन्न महाद्वीप तथा विश्वका मुख्य मुलुकहरुको इन्टरनेटको विकास परिस्थिति आधारभूत रुपमा प्रतिबिम्बित गर्न सक्छ।

“चीनमा इन्टरनेटको विकास सम्बन्धी प्रतिबेदन २०१७”नामक निलो पत्रले बितेका पाँच वर्षदेखि चीनको इन्टरनेटको परिस्थितिबारे सर्वतोमुखी रुपमा सिंहावलोकन गर्नुका साथै इन्टरनेटको व्यवस्थापनबारे चीनको अनुभवबारे स्पष्ट बनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *