विश्व आर्थिक मञ्चको ४८अाैं सम्मेलन

ram naam satya
४८औं विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन स्थानीय समय अनुसार २३-२६सम्म स्वीट्जर्ल्याण्डको दाभोसमा आयोजना हुँदैछ। ‘भंग संसारमा एउटा साझा भविष्यको सिर्जना’ भन्ने यस वार्षिक सम्मेलनको विशेष सूची हो। सो मञ्चमा सहभागी विभिन्न क्षेत्रका व्यक्तित्वहरूले यस पटकको सम्मेलनप्रति अपेक्षा लिँदै विश्वका विभिन्न मुलुक, विभिन्न क्षेत्रबीच सहयोग प्रवर्द्धनमार्फत विश्व अर्थ लगायत अन्य साझा समस्याको समाधान गर्ने मुख्य मञ्च हुने विचार व्यक्त गरेका छन्।

चालू वर्षको सम्मेलनमा आयोजना हुने ४०० वटा बैठकमा अर्थको दिगो विकास, विचारको विविधता, ध्रुवीकृत विश्व, सामाजिक मतभेदको अन्त्य तथा लचिलो प्रविधिले संचालन गरिने व्यवस्थाको निर्माण यी चार वटा मुख्य विषयबारे छलफल गरिने छ। साथै विश्वमा विभिन्न मुलुकबीचको भौगोलिक रणनीति प्रतिस्पर्धा चर्कँदै गएको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय सहयोगको अर्थको पुष्टी गरिनुका साथै अन्तर्राष्ट्रिय सुरक्षा, वातावरणीय संरक्षण तथा विश्व अर्थ सम्बन्धमा विभिन्न मुलुकको लागि साझा हितबारे महत्वपूर्ण छलफल गरिने छ।

मञ्चका संयोजकले जानकारी दिए अनुसार, यस वार्षिक सम्मेलनमा सहभागी हुने विश्वका विभिन्न मुलुकका नेतागणको संख्या इतिहासकै सबैभन्दा बढी हुने छ। तीमध्ये विश्वका विभिन्न मुलुकका सरकारी राष्ट्रनायकको संख्या ७० जना र महत्वपूर्ण अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिको संख्या ३८ हुने छ। यसका अतिरिक्त, महिला अतिथिहरूको संख्या पनि कूल सहभागीको २१ प्रतिशत हुनेछ।

यसै वार्षिक सम्मेलनको उद्धाटन कार्यक्रम २४ सौं क्रिस्टल पुरस्कार वितरण समारोह स्थानीय समय अनुसार २२ तारिख बेलुकी आयोजित भयो। विश्वको वर्तमान अवस्थामा सुधार गर्ने वरिष्ठ कलाकारको प्रशंसास्वरूप यस पुरस्कार प्राप्त गर्ने तीन जनामध्ये शरणार्थी संकटको गम्भीरतामा केन्द्रित निर्देशक एवम् अभिनेत्री कैट ब्लान्छेड, एड्सको निवारणमा नेतृत्वदायी भूमिका खेलिरहेका प्रसिद्ध संगीतकार एल्टन जोन एवम् भारतमा महिला तथा बाल-बालिका मामिलामा व्यस्त बलिउडका प्रसिद्ध अभिनेता शाहरूख खान रहेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *