

चीनका राष्ट्राध्यक्ष सीले आज पैचिङमा भर्खरै विश्वको सबैभन्दा असन्तुलित कुरा विभिन्न मुलुकबीचको विकासको असन्तुलन भएको बताउनुभएको छ। उहाँले विभिन्न पक्षले दिगो विकासको विचारलाई “बेल्ट एण्ड रोड”को निर्माणमा राख्नुपर्ने, अन्तर्राष्ट्रिय विकासको सहयोगलाई सबल पार्नुपर्ने बताउनुभयो। उहाँले विकासोन्मुख मुलुकलाई अझ बढी विकास मौका दिन आवश्यक रहको भन्दै विकासोन्मुख मुलुकलाई सहयोग गरी गरिबी निवारण गर्दै दिगो विकासलाई साकार तुल्याउनुपर्ने औंल्याउनुभयो। उहाँले संयुक्त राष्ट्र संघसँग विकासको क्षेत्रमा सहयोगलाई सुदृढ पार्ने विभिन्न मुलुक बीचको विकासको खाडल पुर्नुपर्ने पनि बताउनुभयो।
