

सन् 2018 दाभोस विश्व आर्थिक मञ्च छब्बीस तारिख सम्पन्न भएको छ। विभिन्न मुलुकले वर्तमान चीनको अर्थतन्त्र र विश्व अर्थतन्त्रमाथि चीनको योगदानबारे छलफल गरेका छन्। गत वर्षको दाभोस सम्मेलनमा सी चिन फिङको भाषणबारे सबैलाई हेक्का हुनुपर्छ भन्दै प्रवक्ता ह्वाले राष्ट्राध्यक्ष सीले आर्थिक विश्वव्यापीकरणको पुनःसन्तुलन बारे महत्वपूर्ण प्रस्ताव प्रस्तुत गरी व्यापक तथा गहिरो प्रभाव पार्नुभएको बताउनुभयो। चीनले विश्वसमक्ष देखिने कठिनाइको समाधान गर्न प्रयास गरी संयुक्त राष्ट्र संघको सन् 2030 दीगो विकास कार्यक्रममा उच्च ध्यान दिनुका साथै जलवायु परिवर्तनका चुनौतीको सक्रिय रुपमा सामना गरेको पनि उहाँले बताउनुभयो। उहाँले गत वर्ष चीनका एक करोडभन्दा बढी जनता गरिबीमुक्त भएको जानकारी दिँदै चीनका ती सबै गतिविधिले विश्वको साझा विकासको लागि योगदान गरेको उल्लेख गर्नुभयो।

