विश्वको मानव अधिकार सम्बन्धी निष्पक्ष खुला तथा सहिष्णुता प्रणालीको स्थापना गर्नुपर्ने चीनको विचार

ram naam satya

संयुक्त राष्ट्र संघको जेनेभा कार्यालयस्थित चिनियाँ प्रतिनिधि यु चेन ह्वाले स्थानीय समय फेब्रअरी अठाइस तारिख संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को सैंतीसौं बैठकमा बोल्दै हातमा हात मिलाएर मानव हित लक्षित समूदायको स्थापना गर्नसक्ने तथा न्याय निष्पक्ष खुला तथा सहिष्णुता भएको विश्वको मानव अधिकार सम्बन्धी प्रणालीको स्थापना गर्नु पर्ने विचार विभिन्न पक्षसँग राख्नुभयो।

आफ्नो सम्बोधनमा यु चेन ह्वाले इतिहासको सिंहाव्लोकन गर्दा अन्तर्राष्ट्रिय मानव अधिकार कार्य असामान्य प्रक्रिया पार हुनुका साथै महत्वपूर्ण प्रगति तथा विकास भएको बताउनुभयो। चीनले नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव हित लक्षित समूदायको स्थापना गर्नसक्ने आह्वान गरेको पनि उहाँले बताउनुभयो।

जनतालाई केन्द्रमा राखिनु चीनका राष्ट्राध्यक्ष सी चिन फिङको शासन गर्ने महत्वपूर्ण विचार रहेको कुरामा यु चेन ह्वाले जोड दिनुभयो।

संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को सैंतीसौं बैठक फेब्रअरी छबीस तारिखदेखि मार्च तेइस तारिखसम्म जेनेभामा आयोजना हुँदैछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *