

पेरिस सन्धि सम्पन्न, हस्ताक्षर तथा लागू एवं कार्यान्वयन क्रममा चीनले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले अन्तर्राष्ट्रिय समाजबाट उच्च मूल्याङ्कन गरिएको छ। पेरिस सन्धिबाट को हट्यो र किन हट्यो भन्ने कुरा विश्वको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगमा बाधा पुगिरहेको सर्वविदित छ। हालै अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले फिन्ल्याण्डमा आयोजित उत्तरी ध्रुव बोर्ड मन्त्रीस्तरीय सम्मेलनमा सम्बोधन गर्दा चीनबाट निस्कासित कार्बन डाइअक्साइट परिमाण धेरै भएको भन्दै अमेरिकाले वातावरणीय संरक्षण क्षेत्रमा विश्वमा नेतृत्वदायी भूमिका खेलेको भनाइ राख्नु भएको थियो। यसबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङले आज मे ८ तारिख आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनु भएको हो।प्रवक्ता कङले औंल्याउनुभए अनुसार अद्वितीय भौगोलिक अवस्था तथा कमजोर प्राकृतिक पर्यावरणीय वातावरण भएको उत्तरी ध्रुवबाट जलवायु परिवर्तन तथा विश्व तापमान वृद्धिको प्रभावबाट सजिलैसँग प्रभावित हुनेभएकाले यसै क्षेत्रको वातावरणीय संरक्षण तथा दिगो विकासको लागि जलवायु परिवर्तन समस्याको उचित समाधान निकै निर्णायक हुन्छ। चीनले पर्यावरणीय सभ्यताको निर्माणलाई अघि बढाउँदै विश्वको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगमामा सक्रियताका साथ भाग लिइरहेको छ।
