विश्वको आर्थिक वृद्धि दर ३.९ प्रतिशत हुने

ram naam satya
सन् २०१८ नयाँ वर्षमा प्रवेश गरेपछि विश्वको अर्थतन्त्र द्रूत गतिले वृद्धिको अवधिमा प्रवेश गर्न थालेको कुरा अन्तर्राष्ट्रिय मुद्रा कोषले २२ तारिख स्वीट्जर्ल्याण्डमा सार्वजनिक गरेको ‘विश्व आर्थिक प्रक्षेपण प्रतिवेदन’मा औंल्याइएको छ। साथै अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१८ र २०१९मा विश्वको आर्थिक वृद्धि दर ३.९ प्रतिशतसम्म उकासेको छ। यो नै पहिलेको अडकलभन्दा ०.२ प्रतिशतले बढी हो। चीनको आर्थिक वृद्धि निरन्तर स्थिर हुँदै जानेछ जुन वृद्धि दर ६.५ प्रतिशतले हुने अनुमान पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ।

यो प्रतिवेदन अन्तर्राष्ट्रिय मुद्रा कोषले दाभोसमा सार्वजनिक गरेको पहिलो आधिकारिक प्रतिवेदन हो। विकसित आर्थिक एकाइको राम्रो अवस्था तथा अमेरिकामा कर अवस्थाको सुधार एवम् सम्बद्ध आर्थिक नीतिले अमेरिकाको आर्थिक वृद्धिलाई उतेजित गर्ने अनुमानका आधारमा विश्वको आर्थिक वृद्धि दरको भविष्यवाणी पनि माथि उकासिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले जानकारी दिएको छ। यूरो क्षेत्रमा विशेष गरी जर्मनी, इटली तथा हल्याण्डको आर्थिक वृद्धि स्पष्ट देखिएको पनि सो प्रतिवेदनमा जनाइएको छ।

नवोदित बजार तथा विकासोन्मुख मुलुकको आर्थिक एकाइको समष्टिगत वृद्धि ६.५ प्रतिशत हुने अनुमान परिवर्तन नभएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। चीनको आर्थिक वृद्धि पहिलेभन्दा अलिकति मन्द भएतापनि चीन नै विश्वको आर्थिक वृद्धिमा मुख्य इन्जिन रहँदै जाने विश्वास पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *