

प्राइस वाटर हाउस कुपर्सले हिजो मार्च एक तारिख प्रकाशित गरेको “चीनको अनुसन्धानबारे विश्वका सिइओहरुको एकाइसौं प्रतिबेदन”का अनुसार, सर्वेक्षणमा परेका सन्ताउन्न प्रतिशतका सिइओले सन् 2018 मा विश्वको आर्थिक बृद्धि छिटो हुने ठहर गरेका छन्। सो अनुपातले चीनको अनुसन्धानबारे विश्वका सिइओहरुको अनेकन प्रतिबेदनमध्ये नयाँ किर्तिमान बनाएको छ।
सो प्रतिबेदनमा चीनका सिइओहरु अझ आशावादी देखिन्छन्। उनान्सत्तरी प्रतिशत चिनियाँ सिइओले आगामी बाह्र महिनाभित्र आर्थिक बृद्धि अरु तिब्र हुने ठहर गरेका छन्। तथापि गत वर्ष यो अनुपात एकतीस प्रतिशत मात्रै रहेको थियो।

यस पटकको सर्वेक्षण सन् 2017 को अगष्टदेखि नोभेम्बर महिनामा चलेको थियो। सर्वेक्षणमा पचासी वटा मुलुक तथा क्षेत्रका एक हजार दुई सय त्रियान्नब्बे जना सिइओको अन्तर्वार्ता लिइएको थियो।
