विमानस्थलमा चिनियाँ पर्यटकलाई सघाउने स्वयंसेवकहरु

ram naam satya

चीनको वसन्त चाडका उपलक्ष्यमा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुलाई सहयोग गर्न काठमाडौँस्थित चिनियाँ दूताबासले विभिन्न कदम चालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ भाषामा सहयोग गर्नका लागि १३ जना नेपाली स्वयसेवीलाई खटाइएको छ। ती स्वयंसेवीलाई खटाउने समारोहको उद्घाटन गर्दै नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायणदेवले भन्नुभयो नेपालको विकासमा चीनले सधैँ सहयोग गर्ने बताउनुभयो। नेपालमा धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई भ्रमण गराउने नीति सरकारले राखेको भन्दै उहाँले चीन र भारत दुवै छिमेकी मुलुकका पाहुनालाई स्वागत गर्ने र नेपालको पर्यटन उद्योगको विकास गर्ने कामलाई सधैँ प्राथमिकता दिने उल्लेख गर्नुभयो। चिनियाँ पर्यटक सुहाउँदो पूर्वाधारको विकास पनि आवश्यक रहेको उहाँले बताउनुभयो। मन्त्री देवले चिनियाँ दूताबासको कदमको प्रशंसा पनि गर्नुभयो।

यसैगरी नेपालका लागि चिनियाँ राजदूत यु होङले वसन्त चाड चिनियाँहरुको सबैभन्दा महत्वपूर्ण चाड भएको र यसको विदामा थुप्रै चिनियाँ पर्यटकले नेपालको भ्रमण गर्ने चाहना राखेको बताउँदै उनीहरुका समस्यामा दूताबासले ध्यान दिने बताउनुभयो।

सो समारोहमा नेपालका विभिन्न वायुसेवा कम्पनीका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *