

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै विद्यादेवी भण्डारी नेपालको राष्ट्रपतिमा पुन निर्वाचित हुनु भएकोमा चीनले उहाँलाई बधाई दिएको बताउनुभयो।
प्राप्त समाचार अनुसार, नेपालले हिजो मार्च तेह्र तारिख राष्ट्रपतिको निर्वाचन आयोजना गरेको थियो। वर्तमान राष्ट्रपति भण्डारी पुन राष्ट्रपतिमा निर्वाचित हुनुभयो। पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो।


