विद्यालयको गुणस्तरीय विकासबाट नै मुलुकको विकास हुने राष्ट्रपतिको भनाइ

ram naam satya

राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयको समुचित व्यवस्थाबाटमात्रै मुलुक समृद्ध हुने बताउनुभएको छ। पूर्वी नेपालको एउटा स्कूलको कार्यक्रममा बोल्दै भण्डारीले सामुदायिक विद्यालयको गुणस्तरीयता, विकास र समृद्धिबाट मात्र मुलुकको विकास सम्भव भएको बताउनुभयो।

राष्ट्रपति भण्डारीले प्राकृतिक स्रोतसाधनको धनी देश भए पनि यसको समुचित व्यवस्था नहुँदा मुलुक समृद्ध हुन नसकेको भण्डारीले बताउनुभयो। राष्ट्रपति भण्डारीले शिक्षाको क्षेत्रबाट स्रोतसाधनको वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो। ‘राष्ट्रको ठूलो लगानी शिक्षा क्षेत्रमा भएकाले यसको वैज्ञानिक व्यवस्थापन, गुणस्तरीयता र आवश्यक सुधारको खाँचो छ,’ उहाँले भन्नुभयो, ‘प्राविधिक जनशक्ति उत्पादन गर्दै बेरोजगारी समस्याको समाधान गर्नु आजको आवश्यकता हो ।’

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले हिमाल, पहाड, तराईको फाँटले सजिएको १ नम्बर प्रदेश विकास, समृद्धि र सम्पन्नताले पनि १ नम्बर नै बन्ने ठोकुवा गर्नुभयो। ‘तीन वटै तहको निर्वाचनपछि मुलुकमा संक्रमणकालको अन्त्य भएको छ,’ उहाँले भन्नुभयो, ‘मुलुक यति बेला नयाँ युग, नयाँ एजेन्डा लिएर अघि बढिसकेकाले सानातिना समस्यालाई तेर्साएर समृद्ध नेपाल निर्माणको यो महाअभियानलाई छेकबार नगरौं।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *