

योग्य व्यक्तिलाई अझ प्रभावकारी रुपमा भित्र्याउनका लागि हिजो मार्च एक तारिखदेखि चीनले देशभरि “विदेशी योग्य व्यक्तिको भिसा सम्बन्धी व्यवस्थाको कार्यान्वयन”लाई व्यवहारमा उतारेको छ।
चिनियाँ राष्ट्रिय विदेशी विशेषज्ञ आयोगबाट प्राप्त समाचार अनुसार,”चीनमा रोजगारी गर्न आउने विदेशीहरुको मापदण्ड”मा वरिष्ठ योग्य व्यक्तिको मापदण्ड पुगेका विदेशी तथा चीनको आर्थिक तथा सामाजिक विकासका लागि चाहिने विदेशी बैज्ञानिक,अन्तर्राष्ट्रिय व्यापारी तथा उच्च प्रबिधि रहेका व्यक्तिहरुलाई चीनका विभिन्न ठाउँले तिनीहरुलाई “विदेशी योग्य व्यक्ति निश्चित गरी प्रमाण-पत्र”वितरण गर्नुपर्नेछ।

प्राप्त जानकारी अनुसार, जनवरी एक तारिखदेखि “विदेशी योग्य व्यक्तिको भिसा सम्बन्धी व्यवस्थाको कार्यान्वयन”को पैचिङ,शाङहाई, थेन चिन तथा क्वाङ तुङ लगायत प्रान्त तथा नगरपालिकामा लागू गरिएको छ।
