विदेशमा बढ्दो चिनियाँ लगानी

ram naam satya

चीनको वाणिज्य मन्त्रालयले आज फेब्रुअरी तेह्र तारिख सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू वर्षको जनवरीमा चीनको गैर-वित्तीय विदेशी प्रत्यक्ष लगानी दश अर्ब असी करोड अमेरिकी डलर पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा 39.7 प्रतिशतले बढेको हो। यो वृद्धिसँगै गत वर्षको सोही अवधिको तुलनामा चीनको विदेशी लगानी लगातार तीन महिनासम्म बृद्धि हुँदै गएको देखिन्छ।

गत जनवरी महिनामा चिनियाँ लगानीकर्ताले विश्वका 99 मुलुक तथा क्षेत्रका 955 विदेशी व्यवसायका लागि गैर-वित्तीय विदेशी प्रत्यक्ष लगानी गरेका छन्। साथै बेल्ट एण्ड रोड इनिसिएटिभ सम्बन्धी तटवर्ती क्षेत्रका 46 मुलुकका लागि नयाँ लगानी थपिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *