

चिनियाँ अन्तर्राष्ट्रिय प्रकाशन समूहले हाल विदेशमा चिनियाँ भाषाका शब्दको जागरूकतासम्बन्धी जाँचबुझ तथा अनुसन्धान प्रतिवेदन पहिलो पटक सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनअनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता उत्पन्न भएको राजनीतिक शब्द जस्तै भनौं “चिनियाँ सपना”, “बेल्ट एण्ड रोड”, “भाग्य समुदाय”, “भ्रष्टाचारको प्रतिरोध”आदि शब्दहरू अन्तर्राष्ट्रिय समाजद्वारा सम्झना गरिएका र जानकारी लिइएका छन्।
चिनियाँ अन्तर्राष्ट्रिय प्रकाशन समूहका सम्बन्धित जिम्मेवार व्यक्तिकाअनुसार, उक्त जाँचबुझ र अनुसन्धान प्रतिवेदनले अमेरिका, बेलायत, अस्ट्रेलिया, फिलिपिन्स, दक्षिण अफ्रिका, क्यानडा, सिंगापुर, भारत गरी आठ मुलुकका नागरिकहरूलाई छानेको छ।

केही विशेषज्ञहरूकाअनुसार, चीनको चाडपर्व तथा रीतिरिवाज, परम्परागत खानाले पनि संसारमा प्रभाव पारेको साथसाथै चिनियाँहरूको जीवनशैली, सोच्ने तरीका र शाब्दिक शैलीले पनि संसारमा प्रभाव परिरहेको छ।

यसका साथै चीनको अर्थतन्त्र, विज्ञान तथा प्रविधिको विकासले पनि विश्व अर्थतन्त्र, विज्ञान तथा प्रविधि क्षेत्रका शब्दहरूको आविष्कार ल्याएको छ।
