वायु प्रदुषणको नियन्त्रणमा चिनियाँ वातावरणीय संरक्षण मन्त्रालयको सफलता

ram naam satya

चिनियाँ वातावरणीय संरक्षण मन्त्रालयले आज फेब्रअरी सत्ताइस तारिख जनाए अनुसार, पाँच वर्षसम्मको अथक प्रयासपछि चीनमा वायु प्रदुषणको नियन्त्रणमा स्पष्ट सुधार भएको छ। चीनको समस्त वायुको गुणस्तर सुधार भएको छ र “वायु प्रदुषणको नियन्त्रण सम्बन्धी कार्यक्रममा”तोकिएको विभिन्न लक्ष्यलाई चौतर्फी रुपमा साकार तुल्याइएको छ।

चीनले सन् 2013मा जारी गरेको “वायु प्रदुषणको नियन्त्रण सम्बन्धी कार्यक्रम”लाई वायु प्रदुषणको नियन्त्रणको इतिहासमा कोसे ढुंगा मानिन्छ। चिनियाँ वातावरणीय संरक्षण मन्त्रालयका अनुसार, बिगत पाँच वर्षको अवधिदेखि चीनले पिछडिएको उत्पादन तथा उर्जा स्रोतलाई गतिशीलताका साथ पन्छाएर कोइला पत्थरको खपत मात्रालाई नियन्त्रण गरी सिमेन्ट, पेट्रोल तथा रासायनिक लगायत महत्वपूर्ण उद्योगलाई परिणत गरेको छ। ती कदमहरुमार्फत वायु प्रदुषणको नियन्त्रणमा ठूलो उपलव्धि हासिल गरिएको छ।

चिनियाँ वातावरणीय संरक्षण मन्त्रालयका अनुसार, अहिले आंशिक क्षेत्र तथा केही निश्चित समयमा वायुको गम्भिर प्रदुषण समस्या यथावत रुपमा स्पष्ट रहेको छ। वायु प्रदुषणको नियन्त्रण सम्बन्धी परिस्थिति निरन्तर रुपमा गम्भिर रहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *