

सन् 2017 चीनको वातावरण र विकास अन्तर्राष्ट्रिय सहकार्य समितिको वार्षिक सम्मेलन हालै पैचिङमा सम्पन्न भएको छ। दश तारिख आयोजित पूर्ण बैठकमा चीनका वातावरणीय सँरक्षण मन्त्री ली कान चेले सन् 2017 वायु प्रदुषण निवारण गतिबिधि योजनाको अन्तिम वर्ष भएकाले यस वर्षको अन्तसम्म त्यस योजनाका पाँच लक्ष्य पूरा हुने सम्भावना रहेको औँल्याउनुभएको छ।
सन् 2017 चीनको वातावरण र विकास अन्तर्राष्ट्रिय सहकार्य समितिको वार्षिक सम्मेलनको पूर्ण बैठक गत दश तारिख पैचिङमा सम्पन्न भएको थियो। समितिका कार्यवाहक उपाध्यक्ष एवम् चीनका वातावरणीय सँरक्षण मन्त्री ली कान चेले त्यस बैठकलाई सम्बोधन गर्दै बितेका केही वर्षयता चीनले जोडतोडसँग पर्यावरणीय सभ्यता निर्माणलाई अघि बढाउँदैआएको सिलसिलामा पर्यावरणीय वातावरण र गुणस्तर पनि स्पष्ट रुपमा सुधार हुँदैआएको जानकारी दिनुभएको छ।

बितेका केही वर्षयता चीनले वातावरणीय क्षेत्रमा प्राप्त गरेको उपलब्धिको पनि अन्तर्राष्ट्रिय समाजले उच्च मूल्याङ्कन गरेको छ।
