वाङ हु निङद्वारा विश्व इन्टरनेट सम्मेलनमा सहभागी विदेशी पाहुनाहरुसँग भेट-वार्ता

ram naam satya
(GMT+08:00) 2017-12-04 16:38:42

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पोलेट ब्युरो स्थायी सदस्य एवं चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सचिव वाङ हु निङले हिजो डिसेम्बर ३ तारिख चीनको च च्याङ प्रान्तको वु चनमा चौथो विश्व इन्टरनेट सम्मेलनमा सहभागी हुनुभएका थाइल्याण्डका उप-प्रधानमन्त्री प्रचिन जुङटोङ, मंगोलियाका उप-प्रधानमन्त्री चागानदरी एनखुभसिन, फ्रान्सका पूर्व प्रधानमन्त्री डोमिनिक डेभिलेपिन, एपल कम्पनीका प्रथम कार्यकारी अधिकृत टिम कुक तथा सिस्को कम्पनीका प्रथम कार्यकारी अधिकृतसँग भेट-वार्ता गर्नुभयो।

थाइल्याण्डका उपप्रधानमन्त्री प्रचिन जुङटोङसँग वार्ता गर्दै वाङ हु निङले थाइल्याण्डसँगै मिलेर इन्टरनेटको संचालन सम्बन्धी आदान प्रदानलाई सबल पार्न चीन इच्छुक रहेको बताउनुभयो।

मंगोलियका उपप्रधानमन्त्री चागानदरी एनखुभसिनसँग वार्ता गर्दै वाङ हु निङले चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारले चीन-मंगोलिया सम्बन्धलाई उच्च महत्व दिएको कुरा बताउनुभयो।

फ्रान्सका पूर्व प्रधानमन्त्री डोमिनिक डेभिलेपिनसँग वार्ता गर्दै वाङ हु निङले रणनीतिक उंचाईबाट चीन-फ्रान्स तथा चीन-युरोप सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *