वाङ हु निङद्बारा “लाल जहाज भावना” शीर्षकको गोष्ठीलाई सम्बोधन

ram naam satya
(GMT+08:00) 2017-12-04 18:00:37

“लाल जहाज भावना” शीर्षकको गोष्ठी डिसेम्बर चार तारिख चीनको च च्याङ प्रान्तको च्या सिङ शहरमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पोलेट ब्युरो स्थायी सदस्य एवं केन्द्रीय सचिवालयका सचिव वाङ हु निङले सो गोष्ठीलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

आफ्नो सम्बोधनमा सचिव वाङले “लाल जहाज भावना”बाट चिनियाँ कम्युनिष्ट पार्टीको मुलभूत भावना प्रतिबिम्बित गरिएको बताउँदै जुन चीनको क्रान्तिकारी भावनाको उद्गम हुनुका साथै चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूको मुलभूत अठोट पनि प्रष्ट गरिएको कुरा औँल्याउनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पोलेट ब्युरो सदस्य एवं केन्द्रीय समिति अन्तर्गत प्रचार-प्रसार विभागका प्रमुख ह्वाङ खुन मिङले उक्त गोष्ठीको अध्यक्षता गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *