

चीनका परराष्ट्रमन्त्री वाङ यीले आज नोभेम्बर बाइस तारिख पैचिङस्थित त्याउ थाइ राज्य अतिथिभवनमा दक्षिण कोरियाका विदेशमन्त्री क्युङ व्हा काङसँग भेट वार्ता गर्नुभएको छ।
सो अवसरमा वाङ यीले केही समयअघि चीन र दक्षिण कोरियाले चरणबद्ध गरी थाड समस्याको समाधान गर्न केही सहमति सम्पन्न भएको भन्दै चीनले अमेरिकाको प्रति क्षेप्यास्त्र प्रणालीमा संलग्न नहुने र अस्थायी थाड प्रणालीले चीनको सुरक्षामा क्षति नगर्ने दक्षिण कोरियाको धारणामा ध्यान दिएको बताउनुभयो। दक्षिण कोरियाले त्यसको उचित रुपमा समाधान गर्ने आशा चीनले लिएको पनि उहाँले व्यक्त गर्नुभयो। उहाँले केही दिनअघि राष्ट्राध्यक्ष सी चिन फिङ र प्रधानमन्त्री ली ख छ्याङले बेग्ला बेग्लै गरी राष्ट्रपति मून जाए इनसँग भेट वार्ता गरी दुई देश सम्बन्धी विकासको दिशालाई स्पष्टता दिनुभएको बताउनुभयो। विदेशमन्त्री क्युङ व्हा काङको यो चीन भ्रमणको सक्रिय उपलब्धि हुने आफ्नो विश्वास रहेको पनि उहाँले उल्लेख गर्नुभयो।
