वसन्त चाड अवधिमा चीनभित्रको पर्यटन बजारमा अठ्तीस करोड पचास लाख पर्यटक पुग्ने अनुमान

ram naam satya

यस वर्षको वसन्त चाड अवधिमा चीनभित्रको पर्यटन बजारमा अठ्तीस करोड पचास लाख पर्यटक पुग्ने अनुमान गरिएको छ। त्यो संख्या गत वर्षको तुलनामा बाह्र प्रतिशतले वृद्धि हुनेछ। साथै देशभित्रको पर्यटन आम्दानी चार खर्ब छ्यहत्तर अर्ब चिनियाँ युआन पुग्ने अनुमान पनि गरिएको छ। जुन रकम गत वर्षको सोहि अवधिको दाँजोमा बाह्र दशमलब पाँच प्रतिशतले बढी हुनेछ।

चीनको राष्ट्रिय पर्यटन ब्यूरोका उपप्रमुख वाङ स्याउ फङले छ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार, हाल यात्रा गर्नु नै चिनियाँ जनताले वसन्त चाड मनाउने एक महत्वपूर्ण तरिका बनिसकेको छ। यस वर्षको वसन्त चाड अवधिमा पर्यटन बजार लगातार रुपमा समृद्ध हुँदै जानेछ। राष्ट्रिय पर्यटन ब्युरोको तथ्याङ्क अनुसार, यस वर्षको पहिलो त्रैमासिकमा चिनियाँ जनताको यात्रा चाहनाको अनुपात अठासी प्रतिशत पुगेको छ भने तीमध्ये लगभग आधा पर्यटकले वसन्त चाडको अवधिमा बाहिर घुम्ने छनौट गरेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *