वसन्त चाडका अवसरमा अमेरिकामा कन्सर्ट

वसन्त चाडका अवसरमा अमेरिकामा कन्सर्ट

ram naam satya

फेब्रुअरी पन्ध्र तारिख बेलुका अमेरिकाको राजधानी वाशिन्टनस्थित द जोन एफ केनेडी सेन्टर फोर द पर्फमिङ आर्ट्समा चिनियाँ वसन्त चाडका अवसरमा कन्सर्टको आयोजना भएको छ। अमेरिकाका लागि चीनका राजदूत छ्वी थ्येन खाइलगायत व्यक्तिहरु सो समारोहमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रम सुरुअघि राजदूत छ्वी थ्येन खाइले सम्बोधन गर्दै नयाँ वर्षका अवसरमा सबैमा नयाँ आशा राखेर विश्वको शान्त, समृद्धि, खुशी हुने अपेक्षा लिएको विचार व्यक्त गर्नुभयो। चीन र अमेरिकाका जनतालगायत सारा विश्वका जनताको साझा इच्छा पनि यस्तै आशामा समावेश रहेको बताउँदै यस्तो सन्देश छर्ने माध्यम गीत संगीत भएको पनि उहाँले उल्लेख गर्नुभयो। राजदूत छ्वीले द जोन एफ केनेडी सेन्टर फोर थ पर्फमिङ आर्ट्सलाई धन्यवाद दिँदै सबैलाई वसन्त चाडको शुभकामना ज्ञापन गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *