वरिष्ट पत्रकार पुष्पलाल श्रेष्ठको निधन

ram naam satya

वरिष्ट पत्रकार तथा नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ११ बजे ४९ मिनेटमा निधन भएको हो।

श्रेष्ठको पार्थिव शरीर आज साढे १२ बजेदेखि भूगोलपार्कस्थित निवासमा राखिने छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएकाे छ।

करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण उनको राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो। उक्त शल्यक्रिया लगत्तै पत्रकार श्रेष्ठमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए।

त्यसपछि उनको नर्भिक अघि भारतको मेदान्त अस्पतालमा पनि उपचार भएको थियो। मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका उनले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्न गरिँदै आएको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *