ल्हासाको जोखाङ गुम्बाको आगलागीमा मानवीय कारकतत्व नरहेको ठहर

ram naam satya

सिन्ह्वा समाचार समितिले जनाएअनुसार, ल्हासाको जोखाङ गुम्बामा फेब्रुअरी 17 तारिख भएको आगलागीमा कुनै पनि मानवीय हताहती भएको छैन भने शाक्यमुनिको बाह्र वर्षे उमेरको मूर्तिमा पनि कुनै क्षति पुगेको छैन। सार्वजनिक सुरक्षा विभागले प्रारम्भिक छानबीन गरेपछि मानवीय कुनै कारक-तत्व नभेटेको जनाएको छ। तर आगलागीको ठोस कारणबारे छानबीन भैरहेको छ।

17 तारिख दिउँसो छ बजेर चालीस मिनेट जाँदा ल्हासाको जोखाङ गुम्बामा शाक्यमुनि मूर्ति सम्मानमा राखिएको दोस्रो तलामा आगो लागेको थियो। आगो नियन्त्रण गरिएपछि जोखाङ गुम्बा फेब्रुअरी 18 तारिखदेखि पुनः सुचारू गरिएको छ।

तिब्बत स्वायत्त प्रदेशको पूरातात्विक वस्तु व्यूरोका सम्बन्धित व्यक्तिकाअनुसार, उक्त गुम्बामा सम्मानमा राखिएको शाक्यमुनिको बाह्र वर्षको हुँदा खेरीको मूर्तिमा कुनै असर परेको छैन।

आगलागीपछि ल्हासा शहरले दुर्घटना छानबीन टोली गठन गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *