लेन्डुपभन्दा निकृष्टहरूकाे चुनावी प्रचार

ram naam satya

————- भरत दाहाल

नेपालकाे संकट बाह्य शक्तिहरूले थाेपरेकाे हाे भन्ने कुरा बाबुरामकाे माथिकाे स्याल हुर्इय्याँले स्पष्ट पार्दछ। विश्व मामिलामा चीन र रूसकाे ताकत जति बढ्दैछ, त्यहि अनुपातमा साम्राज्यवादीहरू (नेपालकाे सन्दर्भमा विशेषतः इण्डियनहरू) काे विक्षिप्तता तिब्र बन्दै गएकाे छ। याे विक्षिप्तता इण्डियन, अमेरिकन र यूराेपीयनहरूकाे अभावमा नेपाल उँभाे लाग्दैन भनेर तर्साउनु पर्ने स्तरमा बृद्धि हुन पुगेकाे तथ्य बाबुरामकाे कथनबाट थाहा हुन्छ।

सत्तावादी दलहरूकाे चरित्र, साम्राज्यवादीहरूसंग यिनीहरूकाे कनेक्सन, दलका नेताहरूकाे भ्रष्ट चरित्र र एजेन्टगिरि अाफ्नाे ठाउँमा छ र यि भ्रष्टहरूले चुनाव जितेपछि देश बनाउने नभएर चुनावकाे खर्च असुल्नतिर लाग्छन् भन्ने कुरा पनि स्पष्ट छ तर नेपालभित्रकाे बाह्य शक्ति सन्तुलनमा इण्डियन हातलार्इ जुनसुकै मूल्यमा पनि कमजाेर बनाउनु पर्दछ। यसकाे अर्काे अर्थ चीनसंगकाे सम्बन्धलार्इ व्यापक रूपमा विस्तार गर्नु नै हाे।

नेपाललार्इ अाजकाे संकटमा धकेलेका इण्डियन, यूराेपीयन र अमेरिकन दबदबाकाे पक्षमा भाेट माग्ने बाबुराम जस्ता क्रिमिनलहरूले माअाेवादकाे खाष्टाे किन अाेढेका थिए भन्ने तथ्य धेरै पहिले स्पष्ट भैसकेकाे हाे। इण्डियन र पश्चिमाहरू नभएपछि नेपाल काम लाग्दैन भन्नेसम्मकाे निचतापूर्ण प्रचार गर्ने यस्ता कुतत्वहरू माैका पाएका दिन लेन्डुप दाेर्जे भन्दा तल्लाे स्तरमा अाेर्लन तयार हुन्छन् भन्ने कुरामा संका नगर्दा हुन्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *