लुम्बिनीमा दुई महिनामा दुई लाख ७६ हजार पर्यटकबाट भ्रमण

ram naam satya

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दुई महिनामा दुई लाख ७६ हजार पर्यटकले भ्रमण गरेका छन्। सन् २०१८ को जनवरी र फेब्रुअरी महिनामा दुई लाख ७६ हजार ६ सय २० जना पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जानकारी दिएको छ। यस्तै सन् २०१७ को जनवरी र फेबु्रअरीमा कुल तीन लाख ७३ हजार ६ सय जना पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। गत वर्ष सन् २०१७ को सोही अवधिभन्दा अहिले करिब ९७ हजारले कमी हो।

सन् २०१८ को जनवरी र फेबु्रअरी महिनामा दुई लाख २३ हजार १६ जना स्वदेशी, २४ हजार ९५ जना भारतीय र २९ हजार पाँच सय नौ जना तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिनुभयो।

२०१८ को जनवरी महिनामा १२ हजार नौ सय ८८ र फेब्रुअरीमा ११ हजार एक सय सात जना भारतीय पर्यटक लुम्बिनी पुगेका छन्। २०१८ को जनवरीमा तेस्रो मुलुकका नौ हजार सात सय १४ र फेबु्रअरीमा १९ हजार सात सय ९५ पर्यटक लुम्बिनी आएका छन्। यो तथ्यांक गत वर्षको सोही अवधिभन्दा करिब दुई हजार पाँच सय कम भएको अन्नपूर्ण पोस्ट अनलाइनले जनाएको छ।

यस्तै चीन दुई हजार आठ सय २१ र कोरियाका एक हजार चार सय ६ जना पर्यटकले लुम्बिनी भ्रमण गरेको सूचना अधिकृत बस्नेतले बताउनुभयो।

लुम्बिनी भ्रमणमा आउने पर्यटक प्रायः स्थलनाका हुँदै आउने गर्छन्। उनीहरूको मुख्य गन्तव्य लुम्बिनी भए पनि बसाइ अवधि बढाउन नसक्दा व्यवयसायीले अपेक्षाअनुसार फाइदा लिन नसकेको नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन (नाट्टा) का वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *