लगानीमैंत्री वातावरण बनाउन नेपाल सरकारसँग नीजि क्षेत्रको माग

ram naam satya

नेपालको निजी क्षेत्रले लगानीमैंत्री वातावरण बनाउन सरकारसँग पुनः माग गरेको छ। नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले लगानीमैंत्री वातावरण बनाउन सरकारसँग माग गर्नुभएको रातोपाटी अनलाइनले लेखेको छ। सरकारले नीतिगत तथा कानुनी व्यवस्था नगरेकै कारण मुलुकमा लगानीको वातावरण बन्न नसकेको उहाँको दावी छ।

संघीय संसदको अर्थ समितिले हिजो बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष अग्रवालले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिन सरकारलाई सुझाव दिनुभयो। उहाँले कृषि क्षेत्रले तत्काल लाभ दिने भएकाले पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा त्यसका लागि आवश्यक जमिनको उचित व्यवस्था हुने प्रबन्ध पनि गर्नुपर्ने स्पष्ट पार्नुभयो।

महासंघले बैंकको उच्च व्याजदर घटाएर उद्योगमैत्री वातावरण बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पनि सरकारलाई सुझाव दिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *