‘रेशमीमार्ग युवा सपना’मा नेपाली युवाहरू उत्कृष्ट

ram naam satya
बेइजिङमा आइतबार सम्पन्न ‘दोस्रो रेशमी मार्ग युवा सपना’ बहुराष्ट्रिय प्रतिस्पर्धामा नेपाली युवाहरू पुरस्कृत भएका छन्। शुक्रबार, शनिबार र आइतबार तीन दिनसम्म चलेको गायन र वक्तृत्वकला प्रतियोगितामा नेपाली युवाहरूले पुरस्कार जितेका हुन्।

चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ ‘बीआरआई’मा सहभागी ७२ वटा मुलुकहरूबाट ५ सयभन्दा बढी व्यक्तिले यो प्रतियोगितामा भाग लिएका थिए। प्रतियोगितामा चीनमा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरू धेरै संख्यामा सहभागी थिए। त्यसबाहेक विभिन्न देशबाट पनि सहभागी हुन चीन आएका थिए। प्रतियोगितामा फोटोग्राफी, एकल गायन, समूह (व्याण्ड) गायन, वकृत्वकला, स्याण्ड पेन्टिङ (बालुवा चित्रकला) लगायतका विधाहरू समावेश थिए।

बेइजिङ नर्मल विश्वविद्यालयको स्नातक तह दोस्रो वर्षमा चिनियाँ भाषा अध्ययन गरिरहेका सुजन श्रेष्ठले गितार चिनियाँ गीत गाएर दोस्रो स्थान प्राप्त गरेका छन्। सुजन यतिबेला ‘भ्वाइस अफ चाइना’ प्रतियोगितामा पनि सहभागी भएका छन्।

व्याण्ड(समूह)अन्तर्गत प्रतियोगितमा नेपाली विद्यार्थीहरूको समूहले तृतीय स्थानमा चित्त बुझाएका छन्। व्याण्डमा अंकित लोहनीले ‘रेशम फिरिरी’ गीतसँगै ‘लेकाली हे हे चोयाको डोको’ गीत गाएका थिए।नेपाली व्याण्डमा विशेषगरी बाँसुरीले सबैलाई मन्त्रमुग्ध बनाएको थियो। बाँसुरी अन्य गीतमा प्रयोग नभएकाले पनि बाँसुरीको सुरिलो धुनले सबैलाई तानेको थियो। प्रतियोगिताकै अर्को विधा वकृत्वकलामा पनि नेपाली विद्यार्थीको प्रस्तुति उत्कृष्ट रह्यो। ‘मेरो सपना’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा पेकिङ विश्वविद्यालयमा एमबीबीएस गरिरहेकी बिहानी पोखरेलले तेस्रो स्थान जितिन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *